सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा हान्टाभाइरस संक्रमणको जोखिम अत्यन्त न्यून-स्वास्थ्य मन्त्रालय


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २९, २०८३
  • 138
    SHARES

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले हान्टाभाइरस सम्बन्धी भ्रम र अफवाहमा नपर्न आग्रह गर्दै नेपालमा हालसम्म हान्टाभाइरस संक्रमण पुष्टि नभएको जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार हाल चर्चामा रहेको हान्टाभाइरस समूहको “एन्डिज भाइरस”बाट संक्रमित हुने मुसा नेपालमा सामान्यतया नपाइने भएकाले नेपालमा यसको तत्काल जोखिम अत्यन्त न्यून रहेको उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार हान्टाभाइरस एक दुर्लभ भाइरल रोग हो, जुन मुख्यतया संक्रमित मुसाको पिसाब, दिसा, र्याल वा तिनले दूषित बनाएको वातावरणसँगको सम्पर्कबाट मानिसमा सर्न सक्छ ।

वैज्ञानिक अध्ययनअनुसार मानिसबाट मानिसमा संक्रमण सीमित अवस्थामा मात्र सम्भव हुने र सामान्यतया अत्यन्त नजिकको सम्पर्कमा मात्र संक्रमणको सम्भावना रहने मन्त्रालयले जनाएको छ ।

सुरक्षित रहन घर तथा वरपरको वातावरण सफा राख्न, मुसा प्रवेश गर्ने सम्भावित स्थान बन्द गर्न, मुसाको फोहोर सफा गर्दा मास्क तथा पञ्जा प्रयोग गर्न तथा साबुनपानीले नियमित हात धुने बानी बसाल्न मन्त्रालयले आग्रह गरेको छ ।

त्यस्तै ज्वरो, श्वासप्रश्वासमा समस्या वा अन्य असामान्य लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

मन्त्रालयले अफवाहमा नपर्न, अनावश्यक आतंक सिर्जना नगर्न तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आधिकारिक निकायबाट जारी सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)