सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकार भदौ २४ गतेको घटनालाई ढाकछोप गर्न लागिरहेको छ: सभापति थापा


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ ९, २०८३
  • 108
    SHARES

काठमाडौं –नेपाली कांग्रेसका सभापति गगन थापाले ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म निष्पक्ष छानबिन नभएको धारणा राख्नु भएको छ ।

 

 

मोरङको विराटनगरस्थित कोइरालानिवास पुगेर सभापति थापाले सनिवार वर्तमान सरकार भदौ २४ गतेको घटनालाई ढाकछोप गर्न लागिरहेको भन्दै  घटना छानबिनका निम्ति तत्काल न्यायिक आयोग गठन गर्नुपर्ने बताउनु भएको हो ।

भदौ २३ गतेको अप्रिय घटनामा राज्यको कमजोरी रहेको  बताउँदै त्यसबारे अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको भएपनि भदौ २४ गते कोइरालानिवासदेखि चाक्सीबारी, सिंहदरबार, राष्ट्रपति भवनसम्म गरिएको तोडफोड, आगजनी र हिंसाबारे राज्य मौन बसेको आरोप लगाउनु भयो ।

भदौ २३ गते एउटा अप्रिय घटना भयो, त्यो घटनामा राज्यको धेरै ठूलो दोष थियो र त्यही भएर त्योमाथि अनुसन्धान भएको छ ।भदौ २४ गते पनि थुप्रै युवा र प्रहरी मारिएका छन् । भदौ २४ गते नेपालमा जुन वितण्डा भयो, त्यो वितण्डाको हिसाबकिताब हुन अझै बाँकी छ यसको बारेमा सबैले मौनता साधेको जस्तो भएको छ, ” थापाले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)