सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हरित काव्य गोष्ठी सम्पन्न


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २४, २०८३
  • 190
    SHARES

 काठमाडौँ –  विश्व वातावरण दिवसको अवसर पारेर राजधानीमा “हरित काव्य गोष्ठी–२०८३” भव्य रूपमा सम्पन्न भएको छ। वर्तमान कविता समूह, शब्दाङ्कुर मासिक, रातो घर तथा कोटेश्वर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा शनिवार कोटेश्वर–जडीबुटीस्थित कोटेश्वर बहुमुखी क्याम्पसको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।क्याम्पस प्रमुख डा. प्रकाश पोखरेलको सभापतित्वमा सञ्चालित कार्यक्रममा वर्तमान कविता समूहका विश्व सिग्देलले स्वागत मन्तव्य व्यक्त गर्दै समूहले विगतदेखि सञ्चालन गर्दै आएका साहित्यिक तथा सिर्जनात्मक गतिविधिबारे प्रकाश पारे। उनले साहित्य समाज रूपान्तरणको सशक्त माध्यम भएको उल्लेख गर्दै वातावरण संरक्षण र प्रकृतिप्रतिको जिम्मेवारी बोध जगाउन साहित्यको महत्त्वपूर्ण भूमिका रहने बताए ।

 

 

 

गोष्ठीमा सहभागी साहित्यकारहरूले वातावरण, प्रकृति संरक्षण, जलवायु परिवर्तन, मानवीय संवेदना तथा समकालीन सामाजिक यथार्थलाई केन्द्रमा राखेर सिर्जना गरिएका कविता वाचन गरेका थिए।

कार्यक्रममा साहित्यकार ज्ञानुवाकर पौडेलले “अब यो देशको उपचार हुनुपर्छ”, कृष्ण बाउसेले “लोकतन्त्रको हरियो ज्ञानुवाकर पौडेलले “अब यो देशको उपचार हुनुपर्छ”, कृष्ण बाउसेले “लोकतन्त्रको हरियो मुखुण्डो”, अभय श्रेष्ठले “हिमालमा हिउँ छैन”, राम गोपाल आशुतोषले “पृथ्वीको शिरमाथि राखिएको हात”, यशोदा अधिकारीले “हरियो सपनाको डाम”, ठाकुर रामगोपाल आशुतोषले “पृथ्वीको शिरमाथि राखिएको हात”, यशोदा अधिकारीले “हरियो सपनाको डाम”, ठाकुर बेलबासेले “एउटा बस्तीको कथा”, मणि लोहनीले “मृत्युको पहिरो”, सुधीर ख्वाबीले “पर्यावरण मन” तथा रजनिमिला रजनीले शीर्षकविहीन कविता प्रस्तुत गरेका थिए।त्यसै गरी हरिप्रसाद सिलवालको “धर्तीको प्रियता”, भोजराज न्यौपानेको “चराहरूको विवेक”, भोजराज रेग्मी ‘मुखाले’को “साटो हराएको सूचना”, एकता के.सी.को “पर्यावरण”, कसिन पौडेलको “दोहन”, डी.बी. त्यसैगरी हरिप्रसाद सिलवालको “धर्तीको प्रियता”, भोजराज न्यौपानेको “चराहरूको विवेक”, भोजराज रेग्मी ‘मुखाले’को “साटो हराएको सूचना”, एकता के.सी.को “पर्यावरण”, किसन पौडेलको “दोहन”, डी.बी. बर्तौलाको “बुङदल झरना”, सुरेन्द्र सुवेदीको “पर्यावरण”, डा. हिमलाल श्रेष्ठको “वनको सुवासः पृथ्वीको गीत”, अमित घिमिरेको “मान्छे हामी बन्नुपर्छ”, प्रज्वल अधिकारीको “एकदिन”, राजबाबु पहाडीको “अन्तिम मौका”, रमी प्रियाको “भोक”, धीर कुमार श्रेष्ठको “ओ महाशय!”, विश्व सिग्देलको “वृक्षरेखा पूर्णविराम थियो”, चन्द्रबहादुर लामाको “हरियो बिर्सनै सक्दिन”, भवानी खतिवडाको “मान्छे र आशा”, चैतन्य अधिकारीको “छोराको सपना” तथा सन्तोष घर्ती मगरको “शून्य गाउँ र सहर” लगायतका कविताले पर्यावरण सम्बद्ध विविध आयामहरूलाई गम्भीर रूपमा प्रस्तुत गरेका थिए ।कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणा, शकुन्तला जोशी र दीपक समीरले समेत पर्यावरणीय चेतनाले ओतप्रोत कविता प्रस्तुत गरेका थिए। यसै अवसरमा केशव भट्टराईले सुमधुर गजल प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।शब्दाङ्कुर मासिकका तर्फबाट धीर कुमार श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नका साथै उपस्थित सम्पूर्ण साहित्यकार, स्रष्टा तथा सहभागीप्रति आभार व्यक्त गरे। कार्यक्रममा कोटेश्वर बहुमुखी क्याम्पसको तर्फबाट सहायक क्याम्पस प्रमुख मनोज अधिकारी तथा कोटेश्वर बहुमुखी क्याम्पस प्राध्यापक संघ सभापति सुरेश पोखरेलले कविता वाचन गर्ने सम्पूर्ण साहित्यकारहरूलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रमको मध्यान्तरमा चार जना स्रष्टाका प्रकाशोन्मुख कृतिहरूको आवरण (कभर) अनावरण गरिएको थियो। अनावरण गरिएका कृतिहरूमा शैलेन्द्र अधिकारीको “तेजस्”, रमी प्रियाको “फुल्नुअघि नानीचा स्वां”, प्रज्वल अधिकारीको “अस्तित्वको ब्रह्माण्ड” तथा दिवाकर भट्टको “द घोस्टराइटर” रहेका थिए ।

चन्द्रबहादुर लामा र केशव भट्टराईले संयुक्त रूपमा सञ्चालन गरेको उक्त कार्यक्रममा साहित्यकार, बुद्धिजीवी, शिक्षाविद्, विद्यार्थी तथा साहित्य प्रेमीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो। वातावरणीय चेतना, प्रकृतिप्रतिको उत्तरदायित्व र साहित्यिक सृजनशीलताको सुन्दर सङ्गम बनेको “हरित काव्य गोष्ठी–२०८३” ले विश्व वातावरण दिवसलाई सार्थक बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)