मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इरान–अमेरिका तनाव उत्कर्षमा


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २४, २०८३
  • 114
    SHARES

एजेन्सी –  इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको छ । यस घटनाले खाडी क्षेत्रमा तनाव झन् बढाएको छ र पहिले नै कमजोर रहेको युद्धविराम झनै जोखिममा परेको छ ।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार इरानले होर्मुज जलसन्धि नजिक रहेका अमेरिकी लक्षित क्षेत्रतर्फ सात वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । तीमध्ये छ वटा क्षेप्यास्त्र आकाशमै रोकिएका थिए भने एक लक्ष्यमा नपुगी खसेको बताइएको छ । बहराइनमा रहेका अमेरिकी पाँचौँ फ्लीटको मुख्यालयलाई लक्षित गरी भएको आक्रमणपछि बहराइन सरकारले यसलाई ‘खुला आक्रमण’ भनेको छ ।

 

कुवेतले पनि यसलाई ‘खतरनाक तनाव वृद्धि’ भन्दै कडा निन्दा गरेको छ । घटनाको क्रममा बहराइनको राजधानी मनामामा विस्फोटका आवाज सुनिएको थियो भने कुवेतमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै लगातार विस्फोट भएको स्थानीय पत्रकारहरूले बताएका छन् ।

त्यहाँका बासिन्दाहरूले अचानक ठूलो विस्फोटपछि त्रासको अवस्था सिर्जना भएको बताएका छन् । यस घटनाले मध्यपूर्वमा जारी युद्धलाई थप चर्काउने संकेत दिएको छ, जहाँ अमेरिका–इरानबीचको प्रत्यक्ष तथा अप्रत्यक्ष तनाव लगातार बढिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)