आइतवार, भदौ १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार प्रभावकारी भएन, सरकारको उपस्थिति देखिएनः काँग्रेस नेता केसी


  • माउन्टेन खबर
  • आइतवार, भदौ १४, २०८३
  • 41
    SHARES

काठमाडौँ – नेपाली काँग्रेसका नेता जगदीश्वर नरसिंह केसीले नुवाकोट, रसुवा र धादिङका बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारी राहत र उद्धार कार्य सुस्त भएको भन्दै आपत्ति जनाउनुभएको छ ।

 

 

पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पदाधिकारी तथा केन्द्रिय सदस्यहरूको बैठकमा बोल्दै नेता केसीले विपद्को समयमा राज्यको उपस्थिति कमजोर देखिएको बताउनुभएको हो । पीडितहरूको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी गराउँदै नेता केसीले भैरमकोट, केउरिनी, बुढासिंह घाट र त्रिशूली बजार क्षेत्रका हजारौँ नागरिक विस्थापित भएर विद्यालय तथा कभर्ड हलमा शरण लिइरहेको जानकारी दिनुभयो । उहाँकाअनुसार त्रिशूली नदी पारिपट्टिका क्षेत्रहरूमा हालसम्म विद्युत सेवा अवरुद्ध छ भने अस्पतालहरूमा जेनेरेटरको अभावमा उपचार सेवा प्रभावित भएको छ ।नेता केसीले राहत सामग्री सङ्कलन भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको दाबी गर्नुभयो । उहाँले विगतका भूकम्प र कोभिड महामारीमा जस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सर्वदलीय संयन्त्र बनाएर राहत वितरण गर्न र सुरक्षा निकायलाई उद्धारमा मात्र केन्द्रित गर्न सुझाव दिनुभयो । चिलिमे क्षेत्रको सुरुङमा नुवाकोटका एक इन्जिनियरसहित करिव २ सय जना प्राविधिक तथा कामदारहरू फसिरहेको उल्लेख गर्दै नेता केसीले उद्धारमा ‘युद्धस्तर’ मा काम हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, काठमाडौंबाट पठाइएका राहत सामग्रीहरू आर्मी क्याम्प र सभा हलहरूमा थुप्रिएर बसेका छन्, तर पीडितले म्याट्रेस र ओढ्ने कपडा समेत पाएका छैनन् । चीन सरकारले उद्धारका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउँदा पनि सरकारले आवश्यक समन्वय नगर्नु दुःखद् छ । प्रधानमन्त्री गएर फर्किएपछि कुनै ठोस प्रगति देखिएको छैन । सरकार छ भन्ने अनुभूति जनताले गर्न पाएका छैनन् ।’
प्रधानमन्त्री र गृहमन्त्रीको प्रभावित क्षेत्र भ्रमणलाई लक्षित गर्दै उहाँले उच्चस्तरीय भ्रमण ‘फोटो खिच्न’ मा मात्र सिमित भएको टिप्पणी गर्नुभयो । नेता केसीले विपद्को यो घडीमा पार्टीका नेता–कार्यकर्ताहरूलाई कुनै पनि राजनीतिक प्रचारबाजी वा पहिचानबिना इमानदार भएर मानवीय सेवामा जुट्न आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)