आइतवार, भदौ १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एकैदिन साढे ९ हजार रुपैयाँले घट्यो सुनको भाउ


  • माउन्टेन खबर
  • आइतवार, भदौ १४, २०८३
  • 45
    SHARES

काठमाडौँ – आइतबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको भाउ आज तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको हो । शुक्रबार ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ लाख ९ हजारमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १ सय ८५ रुपैयाँ घटेको छ। मूल्य घटेर चाँदीको भाउ आज तोलाको चार हजार ७ सय ८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

गएको शुक्रबार चाँदीको मूल्य तोलाको ४ हजार ९ सय ६५ रुपैयाँ थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)