आइतवार, भदौ १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत


  • माउन्टेन खबर
  • आइतवार, भदौ १४, २०८३
  • 48
    SHARES

काठमाडौं –  नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव पहिचान गरी सम्मानपूर्वक परिवारलाई जिम्मा लगाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै बस्नेतले गाजाबाट विपिन जोशीको शव आफ्नै घरको आँगनसम्म ल्याउन सकिने तर आफ्नै देशका सयौँ नेपालीको शव पहिचान गरेर परिवारलाई जिम्मा लगाउन नसकिने अवस्था किन आयो भन्दै प्रश्न गरेका छन्।

चितवनमा संकलित २३३ शवमध्ये २२९ शव पहिचान हुन नसकी जमिनमुनि व्यवस्थापन गर्नुपर्ने अवस्था अत्यन्तै पीडादायी भएको उनको भनाइ छ। उनले सरकार यति निरीह र संवेदनहीन किन भएको भन्दै प्रश्नसमेत गरेका छन्।

‘नेपाली नागरिकलाई बर्ड फ्लु लागेका कुखुराजस्तो व्यवहार गर्नु दुर्भाग्यपूर्ण हो,’ बस्नेतले भनेका छन्।

हरेक शवको पहिचान गरी सम्मानपूर्वक परिवारलाई जिम्मा लगाउनु राज्यको न्यूनतम दायित्व भएको बताउँदै उनले प्रधानमन्त्री राहत कोषमा रहेको अर्बौं रकममध्ये केही हिस्सा शव पहिचान, डीएनए परीक्षण तथा पीडित परिवारको सहयोगमा खर्च गर्न सकिने बताएका छन्।

बस्नेतले विपत्तिमा ज्यान गुमाएका नागरिकका परिवारलाई आफ्ना आफन्तको शव अन्तिमपटक हेरेर संस्कार गर्ने अधिकारबाट राज्यले वञ्चित गर्न नहुने बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)