शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चौकीदार (लघुकथा )


  • युवराज मैनाली
  • आइतवार, अशोज २, २०७९
  • 528
    SHARES

चौकीदार !

ठाउँ तराई। क्षेत्र सुरक्षा। पद चौकीदार। मान्छे सोझा । इमान्दार । कर्मशील र कर्तव्यपरायण पनि। हाकिमले ओठ खोल्नासाथ कामको मर्म पत्ता लगाएर कुदी हाल्ने।कस्ता मजाका चौकीदार । उनी बेलाबखत अफिसबाट पुरस्कृत भएका खबर पनि सञ्जालमा न आउँने होइनन्।

ठानामा मानिसको लर्को लाग्यो । इन्स्पेक्टर उनीहरूका कुरा सुन्न सामु आए। उनले भने-“भन्नोस् तपाइहरूका समस्या के?”एक स्वरमा आवाज आयो-“तपाइको ठानेदारलाई अर्थात चौकीदारलाई तुरुन्त हटाउनोस्, यसले तथानाम मनपरी बोलेर हामीले कान थुन्नु परेको छ।चेलीबेटी समाएर घिस्याउँछ,हामीले जाईलाग्नु परेको छ।समाज रक्षक नै भक्षक भएपछि कति दिन हामी सहेर बस्ने?”

इन्स्पेक्टर छक्क परे। सोचे र जिब्रो निकाल्दै एक शब्द मात्र त्यो पनि निकै आश्चर्यमा निकाले”अचम्म” अनि “भने तपाइहरू जानोस्,म भरे बुझेर खबर गर्छु।” एकाएक समूहको आवाज आयो-“निश्चित नै इन्स्पक्टर,फेरि हामीले उसको यातना बेहोर्नु नपरोस्।”

तुरुन्त बोलाएर केरकार गर्नै परेन नजिक आउँदै ह्वास्स मुख गनाएको । इन्स्पेक्टरले बुझे र उसलाई बिल काट्ने,अफिसभन्दा बाहिर जनसम्पर्कमा प्रतिबन्ध लगाए त्यो दिनसम्म जुन दिनसम्म ऊ र उसभित्रका मादक पदार्थसेवनको गन्ध नसाबाट हटिसक्दैन..सतर्क चौ…की…दार!!

-युवराज मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }