बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ठमेलको चारतारे होटल रमदामा स्पा सञ्चालन


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक १३, २०७९
  • 246
    SHARES

काठमाडौँ, १३ कात्तिक । काठमाडौँको ठमेलमा रहेको चारतारे होटल रमदा इन्कोरमा स्पा सञ्चालनमा आएको छ ।

डालिया इनभेष्टमेन्ट कम्पनी र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को लगानीमा ठमेलमा सञ्चालित ‘रमदा इन्कोर बाई वाईनहेम काठमाडौँ’मा स्पा सञ्चालनमा आएको हो ।

नयाँ सञ्चालनमा आएको स्पाको नाम ‘जेन स्पा’ राखिएको छ । जेन स्पाले विगत एक दशकदेखि स्पा सञ्चालन गरिरहेको छ । उक्त गुप्रले रमदा होटल व्यवस्थापनको सहकार्यमा रमदामा स्पा सञ्चालनमा ल्याएको हो ।

जेन स्पाकी सञ्चालक विना सिंखडाले वडि टिटमेन्ट एक घण्टाको ५ हजार ६००, वडि थेरापी एक घण्टाको ५ हजार ६०० र फेस थेरापी एक घण्टाको ४ हजारमा गर्न सकिने जानकारी दिनुभयो । उक्त स्पामा हाल एकैपटक चारजना ग्राहकले सेवा प्राप्त गर्न सक्नेछन् ।

रमदा होटलका महाप्रबन्धक महेश फुँयालले स्पा सञ्चालनमा आएसँगै होटलमा आउने पाहुना वडी मसाजका लागि अन्य स्थानमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

अमेरिकाको रमदा इन्कोर बाई वाईनहेमको चेन होटलका रुपमा स्थापना भएको रमदा काठमाडौँमा ९० कोठा रहेका छन् । उक्त होटल काठमाडौँ महानगरपालिका वडा नं १६ ठमेलमा सञ्चालित छ ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }