काठमाडौँ, मंसिर ८ । मंसिर ११ गते देखि २५ गतेसम्म काठमाडौंमा नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनी हुने भएको छ ।
नेपाल कला परिषद् तथा नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा नेपालमा नै पहिलो पटक नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनी गर्ने भएको हो । बिहीवार काठमाडौंमा डेनिस अफ नेपालले पत्रकार सम्मेलन गर्दै मंसिर ११ गते देखि २५ गतेसम्म नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनी गर्ने जानकारी दिएको छ । प्रदर्शनीमा नेपालका देवीदेवताहरु नामक वृहत कला,परम्परागत र समसामयिक कलालाई एउटै धरातलमा ल्याउने उद्देश्य रहेको आयोजकले बताएको छ ।
प्रदर्शनी संयोजक स्वस्ति राजभण्डारी कायस्थले नेपालका देवीदेवताहरु नामक ठूलो कला प्रदर्शनी पहिलो पटक हुन लागेको बताउनु भयो । उहाँले मानिसहरुको उत्पति भएदेखि कलामा देवीदेवताहरु राख्नुभएको र नेपालका कला बनाउने कलाकारहरुले बनाएको कला लोकप्रिय भएकाले सोही थिममा प्रदर्शनी गर्न लागेको बताउनु भयो । उहाँले प्रदर्शनीमा १८० कलाकारहरुले बनाएको कला प्रदर्शनीमा राखिने बताउनु भयो ।
नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनीले नेपालको कलात्मक सम्पदाको संरक्षण हुने विश्वास आयोजकको रहेको छ । प्रदर्शनीमा विभिन्न विषयमा गोष्ठिहरुसमेत हुनेछ ।