बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दादुरा नियन्त्रणमा कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्रीको निर्देशन


  • माउन्टेन खबर
  • आइतवार, माघ ८, २०७९
  • 188
    SHARES

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले दादुरा नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने बताएका छन् ।

दादुरा प्रभावित बाँकेको नेपालगन्ज उपमहानगरपालिका- ५ स्थित आइतबार बिहान आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पुगेर दादुरा प्रभावितहरूको अवस्थाबारे जानकारी लिँदै उनले दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तीव्र पारेको बताए ।

उनले खोपलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण रहेकाले अन्य कामलाई  छोडेर अहिले दादुरा नियन्त्रणमा सक्रिय हुन सुझाव समेत दिए ।

बाँकेका पाँच वटा पालिका दादुराबाट प्रभावित छन् । अहिलेसम्म २६० जना बालबालिका दादुराबाट प्रभावित भएका छन् । सबैभन्दा धेरै नेपालगन्जमा २०३ जना बालबालिका दादुराबाट प्रभावित भएका छन् । दादुराबाट एक जनाको मृत्यु हुँदा ६३ जना उपचाररत छन् ।

दादुरा प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रीसँगै सांसदहरू सूर्य ढकाल, दीपा शर्मा, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेल,  महानिर्देशक  डा. दिपेन्द्र रमण सिंह, नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरी, डेपुटी डाइरेक्टर डा. रोशनलाल चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल लगायत सहभागी भएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }