काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५२५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर कोरोना भाइरसका संक्रमित बढेका हुन् ।
काठमाडाैं उपत्यकामा काेराेना संक्रमित बढ्दै छ । विहीबार मात्र उपत्यकामा १२७ जना काेराेना संक्रमित भेटिएका छन् । ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।
