सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र ‘छक्का पञ्जा ४’ले मनायो ५१ औं दिन


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १०, २०८०
  • 224
    SHARES

काठमाडौं । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘छक्का पञ्जा ४’ ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ ।

गत फागुन १९ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले शनिबार देशभरका १६ वटा हलमा ५१ औं दिन मनाएको चलचित्रका अभिनेता तथा निर्माता दीपकराज गिरीले बताएका हुन् ।

डिजिटल युगमा आजभोलि नेपाली चलचित्रलाई एक साता पनि हलमा टिक्न हम्मे हम्मे पर्छ । यद्यपि, वर्षमा एकाध चलचित्रले प्रदर्शनको ५१ औं दिन मनाउने गरेका छन् । यसरी हलमा नेपाली चलचित्रले ५१ औं दिन मनाउनु सामान्य मानिदैन ।

राजनीतिक विषयमा केन्द्रित चलचित्रले विवाहेत्तर सम्बन्ध, सरकारी कार्यालयमा हुने भष्ट्राचार तथा ढिलासुस्ती, बेरोजगारी, मिटरब्याजीलगायतका विभिन्न पक्षलाई समेटेर प्रस्तुत गरेको छ ।

चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्ने बुढा), बुद्धि तामाङ, रमेश बुढाथोकी, नीर शाह, राज आचार्य, शिशिर बाङ्गदेल लगायतका कलाकार रहेका छन् ।

हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन तथा पटकथा र संवाद दीपकराज गिरीको रहेको छ । चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)