बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुग्यो


  • माउन्टेन खबर
  • सोमवार, भदौ १५, २०७७
  • 620
    SHARES

काठमाडौं,१५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ६७ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा २१ हजार ४ सय २२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ७ हजार १ सय २१ रहेको छ । विगत २४ घण्टामा ११ हजार १ सय २९ जनाको पिसिआर परीक्षण भएको छ । यस्तै सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेका छन् । डा. गौतमले ७ हजार ३ सय ३७ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)