काठमाण्डौ,१५ भदौ। त्रिभुवन विश्व विद्यालयको दर्शनाचार्य (एम फिल) तहका विद्यार्थीहरुले सर्वोच्च अदालतको निर्णयप्रति विरोध जनाएका छन् । सर्वोच्चले सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा मात्र प्रयोग गरिने फैसला गरेकोमा विरोध गरी विद्यार्थीहरूले विज्ञप्ति प्रकाशन गरेका छन्।
भाषा कुनै पनि जाति, समुदाय र सिङ्गो राष्ट्रको पहिचान हो । नेपालको संविधानले नेपाली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता प्रदान गरेको छ । नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा र साझा सम्पर्क भाषा तथा भारत, भुटान र म्यान्माका केही भागमा मातृभाषाका रूपमा बोलिने भाषा हो । नेपाली भाषालाई विश्वभर झन्डै चार करोड मानिसहरूले मातृभाषाका रूपमा प्रयोग गर्छन् ।
भारत सरकारले समेत नेपाली भाषालाई संविधानको आठौँ अनुसूचीमा सूचीकृत गरी भारतको एउटा मुख्य भाषाको मान्यता दिएको छ । यसरी नेपाली भाषा नेपालभित्र सरकारी कामकाजको भाषा तथा साझा सम्पर्क भाषाका रूपमा र नेपाल बाहिर जातीय एकताको सूत्र बनेको कुरा सर्वविदितै छ । पछिल्लो समयमा नेपाली भाषामाथि सरकारी निकायबाटै सुनियोजित ढङ्गले भइरहेका आक्रमणहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
यसै सिलसिलामा अङ्ग्रेजी भाषामा मात्र राख्ने भनिएको इम्बोस्ड नम्बर प्लेटको सर्वत्र विरोध हुँदाहुँदै पनि हालसालै न्यायिक गरिमालाई नै धमिल्याउने ढङ्गले सर्वोच्च अदालतबाट इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नभई अङ्ग्रेजी भाषामा मात्र राख्ने भनी गरिएको फैसलाप्रति हामी खेद प्रकट गर्दै घोर निन्दा एवम् भर्त्सना गर्दछौँ ।
नेपाली अक्षरमा प्रयोग हुने मात्राको कारण अक्षरको आकार सानो ठुलो हुने भएकाले नम्बर प्लेटका साइज एउटै हुन नसक्ने, अङ्ग्रेजी भाषाको नम्बर प्लेट प्रयोग गर्दा सवारी साधनको चोरी पैठारी तथा दुर्घटना कम हुनेजस्ता निरर्थक तर्कहरू पेस गर्दै गरिएको यो फैसला हास्यास्पद मात्र नभई राष्ट्रघातीसमेत देखिन्छ । नेपालको राष्ट्रियता र अस्मितासँग गाँसिएको यस्तो महŒवपूर्ण विषयलाई जगेर्ना गर्नुपर्ने निकायबाटै चालिएको यस्तो गैरजिम्मेवारीपूर्ण कदम निन्दनीय छ ।
सर्वोच्चको यस्तो असंवैधानिक फैसला हामीलाई कदापि स्वीकार्य छैन । सर्वोच्च अदालतजस्तो गरिमामय निकायले नेपालको राष्ट्रभाषा, सरकारी कामकाजको भाषा र माध्यम भाषाका रूपमा रहेको नेपाली भाषाको अपमान गरी अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसला गर्नु घोर निन्दनीय तथा आपत्तिजनक छ र यो कदापि मान्य हुँदैन । यो फैसला असंवैधानिक र राष्ट्रघाती प्रकृतिको भएकाले यसलाई तत्काल सच्याउन माग गर्दछौँ ।
हरेक राष्ट्रले आनो राष्ट्रभाषालाई पहिलो प्राथमिकतामा र त्यसपछि मात्रै अन्तर्राष्ट्रिय भाषाका हिसाबले अङ्ग्रेजी भाषालाई स्थान दिने गरेको अन्तर्राष्ट्रिय अभ्यासअनुरूप हाम्रो सन्दर्भमा पनि इम्बोस्ड नम्बर प्लेटमा सुरुमा देवनागरी लिपि र त्यसपछि मात्र रोमन लिपिको प्रयोग गर्नु उपयुक्त हुन्छ । सम्बन्धित निकायले समयमै यस फैसलालाई सच्याउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।
अन्त्यमा, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल तथा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकहरूद्वारा सञ्चालित अभियानप्रति ऐक्यबद्धता जनाउँदै सवारीसाधनमा अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने भन्ने सर्वोच्च अदालतको फैसला तत्काल सच्याई इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य रूपमा नेपाली भाषाको प्रयोग गर्न जोडदार माग गर्दछौँ ।अन्यथा हामी कडा कदम चाल्न बाध्य हुनेछौँ ।
बृषराज रेग्मी ९संयोजक० तथा दर्शनाचार्य ९एम।फिल।० तहका सम्पूर्ण विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर ।
तपसिल
१। कमला रेग्मी
२। वृषराज रेग्मी
३। मुक्तिप्रसाद भण्डारी
४। सन्तोष कार्की
५। शिवराम चालिसे
६। तारादेवी काले
७। दीपक थापा
८। टीकादेवी पोख्रेल
९। लक्ष्मीप्रसाद ढकाल
१०। डवलबहादुर साउद
११। हितबहादुर थापामगर
१२। रामकुमारी प्रजापति
१३। मणिराज दाहाल
१४। रुकमनकुमार फुयाँल
१५। प्रकाश प्याकुरेल
१६। केशव भट्टराई
१७। यशोदा राई
१८। दीपसागर पन्त
१९। उमेशकुमार पण्डित
२०। कृष्णराज पुजारा
२१। ठाकुरप्रसाद पोखरेल
२२। आदित्यकुमारी चौधरी
२३। इन्दिरा काफ्ले
२४। पार्वती कट्टेल
२५। जनार्दन नेपाल
२६। नरेन्द्र न्यौपाने
२७। हर्कबहादुर मगर
२८। बलराम राई
२९। हेमकुमारी सुवेदी
३०। भगवती पाण्डे
३१। कृष्णबहादुर बोहरा
३२। प्रकाश डल्लाकोटी
३३। भवनाथ प्याकुरेल
३४। हरिहर चापागाईँ
३५। गायत्री भट्ट
३६। रामगीता लामिछाने
विज्ञप्तिको पूर्णपाठ यसप्रकार छ:

