शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्याफ्रुबेसी-रसुवागढी सडक पुनः अवरुद्ध


  • माउन्टेन खबर
  • मङ्लबार, साउन ७, २०८२
  • 162
    SHARES

रसुवा- दुई दिन अघि मात्र खुलेको स्याफ्रुबेसी रसुवागढी सडक पुनः अवरुद्ध भएको छ । पासाङल्यामु राजमार्ग अन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका–५ स्याफ्रुबेशी बजारस्थित क्लबडाँडामा हिजो राति देखि परेको अबिरल वर्षाका कारण पहिरो जाँदा सडक भासिएर अवरुद्ध भएको हो ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा पासाङ ल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेशी हुँदै काठमाण्डौ जाने तथा काठमाण्डौबाट धुन्चे हुँदै स्याफ्रुबेशीतर्फ आउने साना तथा ठूला सवारी साधन दुवैतर्फ रोकिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

अबिरल बर्षाका कारण सो स्थानमा थप पहिरो जान सक्ने भएकाले सवारी आवागमन रोकिएको रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताउनुभयो । स्थानीय बासिन्दा तथा लाङटाङतर्फ आवतजावत गर्ने पर्यटकहरु पनि प्रभावित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)