शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेश सरकारका चार मन्त्रीले राजीनामा


  • माउन्टेन खबर
  • शुक्रबार, साउन १०, २०८२
  • 147
    SHARES

हेटौँडा –  बागमती प्रदेश सरकारका चार मन्त्रीले राजीनामा दिएका छन् । शुक्रबार नेपाली कांग्रेसबाट मन्त्री बनेका चार जनाले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने रहेका छन् ।

कांग्रेस सांसदहरूले मुख्यमन्त्री लामालाई ह्वाट्स एपमा पत्र पठाउदै उनीहरुले विविध कारणले जिम्मेवारी बहस गर्न सक्ने अवस्था नरहेकोले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

उनीहरुले आजको मितिसम्म मन्त्रालयको जिम्मेवारी सफलतापूर्वक निर्वाचन गर्न दिएकोमा मुख्यमन्त्रीलाई धन्यवाद समेत दिएका छन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउने पहलस्वरुप उनीहरुले एकैसाथ राजीनामा दिएको बुझिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)