शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेसभित्रको आन्तरिक किचलोले बागमतीमा सरकार फेरबदल : मन्त्री थापा


  • माउन्टेन खबर
  • मङ्लबार, साउन २८, २०८२
  • 147
    SHARES

भक्तपुर — बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले नेपाली काँग्रेसको आन्तरिक किचलो नै हालको प्रदेश सरकार फेरबदलको मुख्य कारण भएको बताएका छन्। मङ्गलवार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले काँग्रेसभित्र दश–दश महिनामा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको र सोही अनुसार बहादुर सिंह लामाको सरकार विस्थापित भई इन्द्र बहादुर बानियाको नेतृत्वमा नयाँ सरकार बनेको खुलासा गरेका हुन् ।

स्थायित्वको महत्वबारे बोल्दै मन्त्री थापाले छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उदाहरण दिए। उनका अनुसार, “स्थायित्व भएकै कारण भारतमा विकास सम्भव भएको हो। मोदीले गुजरातलाई विकासको मोडल बनाएपछि नै प्रधानमन्त्री बन्न सफल भए।”

मन्त्री थापाले काँग्रेसभित्र अझै आन्तरिक मतभेद नटुङ्गिएका कारण आज हुने भनिएको विश्वासको मत अर्को दिन सारिन सक्ने सम्भावना बढेको बताए। उनले बागमतीमा बारम्बार सरकार परिवर्तनका खेल चलिरहेकाले जनतामा प्रदेशप्रति नै नकारात्मक सन्देश गएको र प्रदेश सरकारले गरेका राम्रा कामहरू समेत ओझेलमा परेको उल्लेख गरे। उनले बागमतीमा पनि स्थायित्व कायम भए मात्र जनताले प्रत्यक्ष लाभ पाउने बताए।
कार्यक्रममा प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले प्रदेशमा सरकार बनाउने र गिराउने खेलले सङ्घीयताप्रति नै आम मानिसमा वितृष्णा उब्जिँदै गएको टिप्पणी गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)