शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा मकवानपुरका सभापति भरतप्रसाद पराजुली काँग्रेस प्रवेश


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन ११, २०८२
  • 206
    SHARES

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरतप्रसाद पराजुलीले पार्टी छाडेका छन्। रास्वपा जानुअघि कांग्रेसमा रहेका पराजुली पुनः पुरानै पार्टीमा फर्किएका हुन्। आज बिहान सर्लाहीमा कांग्रेस सभापति गगनकुमार थापाले पराजुलीलाई कांग्रेसमा स्वागत गरे।

पराजुली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। मकवानपुरको मनहरी गाउँपालिका निवासी पराजुलीले मकवानपुरको पश्चिम क्षेत्रमा राम्रो पकड रहेको छ ।  प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट टिकटको प्रमुख दावेदार रहेपनि बालेन शाहको सचिवालयमा काम गरेका प्रशान्त उप्रेतीले टिकट पाएपछि पराजुली असन्तुष्ट बनेका थिए।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै पराजुलीले रास्वपामा बसेर सच्चा राजनीति गर्न नसकिने देखिएकाले कांग्रेसमा फर्किएको बताए । उनले भने,  ‘रास्वपाको संगठन विस्तारमा धेरै दुःख गरेँ, तर त्यो पार्टी दुःख गर्नेका लागि होइन रहेछ, ‘पुँजीवादी सोच भएको पार्टीमा बस्न मन नलागेर कांग्रेसमा फर्किएँ।’

b04521e4-6403-4af8-948e-1e42be1cfffb.jfif

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)