बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक !


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १९, २०७७
  • 925
    SHARES

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज र मुख्यमन्त्री सञ्चार सचिवालयको पेज ह्याक गरिएको छ ।

शुक्रबार विहान मुख्यमन्त्री राउतको नाममा रहेको ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक पेज र उहाँको कार्यालय अन्तर्गत रहको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज एकसाथ ह्याक गरिएको हो । मुख्यमन्त्री सचिवालयका कर्मचारी आतेश मिश्रले बिहान ९ बजेतिर दुबै पेज एकाएकी ह्याक भएको जानकारी दिए ।  ‘प्रदेश १ को धरानबाट यो पेज ह्याक भएको पाइएको छ,’ उनले भने, ‘थप अनुसन्धान साइबर क्राइमको टोलीले शुरु गरिसकेको छ ।

मुख्यमन्त्री राउतको नाममा रहेको पेजमा अहिले कभर र प्रोफाइल फोटोमा युवतीको फोटो राखिएको छ । प्रोफाइल फोटोमा  मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुकमा चाइनिज भाषाको प्रयोग गर्दै युवतीको फोटो राखिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)