बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इरानले आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा त्याग्नुपर्छः ट्रम्प


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ६, २०८३
  • 84
    SHARES

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको सम्बन्धमा सकारात्मक विकास भइरहेको र दुई देश सम्झौतानजिक पुगेको बताउनुभएको छ ।

इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण स्थगित गर्ने घोषणा गरेको केही घण्टापछि राष्ट्रपति ट्रम्पले यस्तो धारणा राख्नुभएको हो ।

खाडी मुलुकहरूले इरानमाथि मङ्गलबारका लागि तय गरिएको सैन्य कारबाही केही दिनका लागि रोक्न आग्रह गरेको ट्रम्पले जानकारी दिनुभयो ।

उहाँकाअनुसार यो स्थगन केही समयका लागि अझै लम्बिन सक्ने सम्भावना छ । यसैबीच, राष्ट्रपति ट्रम्पले इरानले आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा त्याग्नुपर्ने अडान पुनः दोहोर्याउनुभएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)