आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ


  • माउन्टेन खबर
  • बिहिबार, साउन ७, २०८३
  • 60
    SHARES

काठमाडौं –  राधिका दासीविरुद्ध सामाजिक सञ्जाल र विभिन्न युट्युब च्यानलमार्फत अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्।

उनीलाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

प्रवक्ता गिरीका अनुसार केसीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरसम्बन्धी मुद्दामा एक दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार केसीले सामाजिक सञ्जाल तथा विभिन्न युट्युब माध्यम प्रयोग गरी राधिका दासीविरुद्ध भ्रामक तथा अपुष्ट सामग्री प्रसारण गरेको आरोपमा अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)