बुधबार, भदौ १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भोटेकोसी बाढीः खोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन


  • माउन्टेन खबर
  • बुधबार, भदौ १०, २०८३
  • 49
    SHARES

काठमाडौं-  भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका लागि नेपाली सेनाको टोली परिचालन भएको छ ।

उक्त नदीमा आज बिहानको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रदेखि तटीय क्षेत्रमा क्षति भएको जानकारी प्राप्त हुनासाथ सेनाको टोली परिचालन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

खोज तथा उद्धारका लागि सेनाका दुई वटा हेलिकप्टर त्रिशूली बजारमा अवतरण भएका छन् । त्रिशूली जिल्ला अस्पतालमा आपतकालीन मेडिकल टोली पनि पुगेको छ ।

त्यसैगरी, धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन भएको छ । गजुरीस्थित बाहिनी ६ नं अड्डाबाट विपत् व्यवस्थापनको दक्ष जनशक्ति पनि परिचालन भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)