बिहिबार, भदौ ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ११, २०८३
  • 38
    SHARES

गण्डकी-   नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको छ ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रालयको कार्यविभाजन गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिनुभयो ।

बुधबार एमाले मन्त्रीहरूले राजीनामा दिएपछि मन्त्री पद रिक्त रहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाण्डेले आफैँ सम्हाल्नुभएको हो ।

यसअघि भौतिक पूर्वाधारमन्त्रीमा गोविन्दबहादुर नेपाली, कृषिमन्त्रीमा भीम कार्की, उद्योग तथा पर्यटनमन्त्रीमा यशोदा रिमाल र स्वास्थ्यमन्त्रीमा लक्ष्मण पाण्डे रहनुभएको थियो । उहाँहरूले बुधबार मुख्यमन्त्रीसमक्ष राजीनामा दिनुभएको थियो ।

ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नन्दप्रसाद न्यौपाने, आर्थिक मामिलामन्त्रीमा जितबहादुर शेरचन, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्रीमा रेखा गुरुङ र वन तथा वातावरणमन्त्रीमा नम्डु गुरुङ रहनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)