आइतवार, भदौ १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौँ उपत्यकामा परम्परागत सांस्कृतिक पर्व गाईजात्रा श्रद्धापूर्वक मनाइँदै


  • माउन्टेन खबर
  • शनिबार, भदौ १३, २०८३
  • 50
    SHARES

काठमाडौँ –   काठमाडौँ उपत्यकामा आज परम्परागत सांस्कृतिक एवं ऐतिहासिक पर्व गाईजात्रा हर्षोल्लासका साथ मनाइँदै छ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरूको पुण्य स्मृतिमा यो पर्व मनाउने गरिन्छ । आज बिहानैदेखि दिवङ्गत पितृहरूको आत्माको शान्तिको कामना गर्दै गाईजात्रा निकाल्ने कार्य भइरहेको छ । यस पर्वका क्रममा मृतकका परिवारजनले गाई वा गाईको प्रतिकका रूपमा मानिस (विशेष गरी बालबालिका) लाई विभिन्न भेष भूषामा सिँगारेर नगरका विभिन्न भागको परिक्रमा गराउने गर्दछन् । यसो गर्नाले दिवङ्गत आत्माले सद्गति प्राप्त गर्ने र यमलोकको यात्रा सहज हुने धार्मिक विश्वास रहिआएको छ ।
विशेष गरी नेवार समुदायमा यस पर्वको विशिष्ट धार्मिक तथा सांस्कृतिक महत्त्व छ । नगर परिक्रमाका क्रममा श्रद्धालुहरूले जात्रामा सहभागीहरूलाई फलफूल, मिठाई, अन्न तथा गच्छेअनुसार दान–दक्षिणा प्रदान गर्ने प्रचलन समेत रहेको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न टोल तथा ऐतिहासिक स्थलहरूमा बिहानैदेखि जात्राको विशेष चहलपहल देखिएको छ । यस पर्वले सांस्कृतिक परम्पराको जगेर्ना गर्नुका साथै मृत आत्माप्रति श्रद्धा प्रकट गर्ने एक महत्त्वपूर्ण माध्यमका रूपमा निरन्तरता पाउँदै आएको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)