आइतवार, भदौ १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी


  • माउन्टेन खबर
  • आइतवार, भदौ १४, २०८३
  • 50
    SHARES

काठमाडौं – नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ।

 

 

 

यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डाटा तथा ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो। अब उक्त सुविधाको अवधि थप गरिएको नेपाल टेलिकमले जनाएको छ।

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई उद्धार, राहत वितरण तथा आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहज होस् भन्ने उद्देश्यले कम्पनीले निःशुल्क सेवा उपलब्ध गराएको हो। टेलिकमले प्रभावित सेवाग्राहीलाई आवश्यकता अनुसार उक्त सुविधा प्रयोग गर्न अनुरोध गरेको छ।

बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा क्षतिग्रस्त संरचनाको मर्मत–सम्भार गर्न कम्पनीका प्राविधिक टोली निरन्तर परिचालित छन्।

कम्पनीका अनुसार अधिकांश संरचना पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी संरचना समेत चाँडोभन्दा चाँडो सुचारु गर्न प्राविधिक टोली खटिरहेको छ।

विपद्को अवस्थामा निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधाले प्रभावित क्षेत्रका नागरिकलाई आफन्तजनसँग सम्पर्कमा रहन तथा राहत र उद्धार कार्यमा समन्वय गर्न सहयोग पुग्ने नेपाल टेलिकमले विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)