सोमवार, भदौ १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवा बाढीबाट बेपत्ता भएकाको संख्या यकिन गर्न अझै मुस्किल छः प्राधिकरण


  • माउन्टेन खबर
  • सोमवार, भदौ १५, २०८३
  • 48
    SHARES

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा वाढीका कारण बेपत्ताहरुको यकिन तथ्याङ्क नरहेको जनाएको छ ।

 

 

 

प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपद्बाट बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न अझै कठिन रहेको बताउनु भयो । उहाँले हाल स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजनालगायत सम्बन्धित निकायबाट विवरण संकलन गर्ने काम भईरहेको जानकारी दिनुभयो । उहाँकाअनुसार सोमबार बिहान ९ बजेसम्म आधिकारिक निकायबाट प्राप्त विवरणअनुसार ४ हजार २०२ जना बेपत्ता छन् । महतकाअनुसार उद्धार तथा खोजी कार्य जारी रहेकाले यो संख्या अझै घटबढ हुन सक्नेछ । यसैबीच, विभिन्न हाइड्रोपावर आयोजना तथा सुरुङबाट उद्धार कार्य जारी रहेको छ । महतकाअनुसार हाइड्रोको सुरुङबाट मात्रै २८९ जनाको उद्धार गरिएको छ । आईतवार चिनियाँ १५ र भारतीय ७ गरी थप २२ जनालाई हाइड्रो क्षेत्रबाट उद्धार गरिएको थियो भने सोमवार पनि उद्धार जारी रहेको उहाँको भनाइ छ । उहाँले लाङटाङ हाइड्रोमा भएको क्षतिसम्बन्धी पनि अहिलेसम्म छुट्टै विवरण प्राप्त नभएको बताउनु भयो । हालसम्म रसुवा बाढीमा परि ज्यान गुमाएका ९ सय ३ जनाको शव फेला परेको छ । १० हजार बढीको उद्धार गरिएको छ भने २६७ जना घाईतेहरु उपचारपछि घर फर्किएका छन् । सम्पर्क विहीनहरुको खोजीका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उहाँले भन्नुभयो, ‘हामीलाई अहिले मिसिङको संख्या कति हो भनेर एक्ज्याक्ट पत्ता लगाउन अलिकति अप्ठ्यारो नै छ । हामीले त्यहाँको स्थानीय पालिका, सिडियो कार्यालयदेखि लिएर त्यहाँ हराउनुभएको विभिन्न आधिकारिक निकाय नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय निकुञ्ज, हाइड्रोबाट संख्याहरु लिने गरेका छौँ । त्यसमा हामीले करिब भन्ने गरेका छौँ किनभने  मिसिङको सङ्ख्या अझै हामीलाई एक्ज्याक्ट थाहा छैन । व्यक्तिहरूको खोजी भइराखेको छ । केही अझै थप हुनुहोला र कति मिसिङ भएको छ, त्यो मिसिङमध्ये यति नै एक्ज्याक्ट मिसिङ हो भनेर हामीलाई अलिकति भन्न गाह्रो नै छ । हामीले भएसम्म अपडेट गर्ने कोशिस गरिराखेका छौँ । अहिले आधिकारिक निकायबाट प्राप्त भएका डेटालाई हामीले एक्युमुलेट गरेर ४ हजार २०२ भनेर तथ्यांक निकालेका छौँ । यो अपडेट फेरि घट्ने बढ्ने चाहीँ भइरहन्छ ।’
विपद्बाट अवरुद्ध सडक तथा सञ्चार सेवा पनि अधिकांश क्षेत्रमा सुचारु भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणकी प्रवक्ता महतले वैकल्पिक मार्ग पहिचान गरी सडक आवागमन सहज बनाइएको जानकारी दिनुभयो । विपद्का कारण १० हजारभन्दा बढी पुल बगाएका छन् । आवागमन पुनः सञ्चालनका लागि नेपाल सरकार र नेपाली सेनासँग उपलब्ध बेलीब्रिज प्रयोग गरिने तथा चीन र भारतबाट थप बेलीब्रिज ल्याउने प्रक्रिया अघि बढाइएको महतले जानकारी दिनुभयो । साथै क्षतिग्रस्त नेपाल टेलिकम तथा एनसेलका टावरहरू पनि लगभग सबै सुचारु भइसकेको उहाँको भनाई छ । उहाँकाअनुसार पुनः बाढी आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै गल्छी र रसुवाको टिमुरेमा हाइड्रोलोजिकल स्टेसन स्थापना गरिएको छ । ती स्टेसनबाट बाढीको रियलटाइम डेटा प्राप्त गर्न सकिने र थप स्थानमा पनि स्टेशन जडान गर्दै जाने तयारी रहेको उहाँले बताउनु भयो ।

विपद् व्यवस्थापनका लागि प्राधिकरणले करिब १४ वटा छुट्टाछुट्टै कार्यदल गठन गरी परिचालन गरेको छ । उद्धार, राहत, हेलिकोप्टर व्यवस्थापन, शव व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहायता र समन्वय लगायतका लागि छुट्टाछुट्टै कार्यदल बनाएर बिहीवारदेखि नै काम अघि बढाइएको महतले जानकारी दिनुभयो । उहाँकाअनुसार विशेषज्ञसहितको शव व्यवस्थापन टोली विभिन्न क्षेत्रमा परिचालित रहेको छ । शव व्यवस्थापन तथा संक्रमणको जोखिम न्युनिकरणका विषयमा काम भइरहेको उहाँले बताउनु भयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)