बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २५, २०८३
  • 43
    SHARES

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले २०औं एसियाली खेलकुदमा खेलाडीको मिहेनतले देशको शीर उचो हुने आशा व्यक्त गरेका छन् ।

 

 

 

जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदको बिदाइ कार्यक्रममा बिहीबार मन्त्री पोखरेलले खेलाडीको मिहेनतकै कारण एसियाली खेलकुदमा देशको शीर उचो हुने आशा व्यक्त गरेका हुन् । नतिजा जेसुकै भए पनि राज्यको सीमित लगानीमा खेलाडीले प्रतिनिधित्व गर्ने चाहना नै महत्वपूर्ण पक्ष रहेको मन्त्री पोखरेलको धारणा छ । पदक जितेर आउँदा राज्य धेरै खुसी हुने तर खेलाडीको त्याग तपस्याका लागि सरकारले खेलाडीलाई धन्यवाद दिने मन्त्री पोखरेलले बताएका छन् । उनले निर्धक्क भएर खेल्न र जापानमा देशको शीर ठाडो पार्नेमा आफू विश्वस्त रहेको धारणा राखे । खेलाडीले जस्तोसुकै नतिजा पाए पनि राज्यले गर्ने व्यवहारमा परिवर्तन नहुने मन्त्री पोखरेलले विश्वास व्यक्त गरेका छन् ।

उनले राज्यको सीमित लगानीबाट खेलाडीले अहिलेसम्म प्राप्त गरेको उपलब्धि नै सह्रानीय रहेको बताए । मन्त्री पोखरेलले २१ खेलका ५७ महिला र ७८ जना गरी कुल १३५ खेलाडीले एसियन गेम्समा सहभागिता गर्ने सुनिश्चित भएको बताए । नेपालबाट यसपल्ट एसियाली खेलकुदमा २११ जनाले देशलाई प्रतिनिधित्व गरेर जाने मन्त्री पोखरलेको भनाइ छ ।

आगामी २०औं एसियाली खेलकुदमा आगामी सेप्टेम्बर १९ तारिखदेखि अक्टोबर ४ तारिखसम्म जापानको नागोयामा शहरमा आयोजना हुँदै छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजिक एक कार्यक्रमका बीच विभिन्न खेलका खेलाडीलाई बिदाइ गरिएको थियो । मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ र राखेपका सदस्यसचिव रामचरित्र मेहताले नेपाली टोलीको बिदाइ गरेका थिए । करातेको टोली भने गत साता नै एसियन गेम्सको तयारीका लागि टोकियो गइसकेको छ । उक्त कार्यक्रममा एथलेटिक्सकी खेलाडी सन्तोषी श्रेष्ठले सबै खेलका खेलाडीले पदक जित्ने विश्वास गरिरहँदा एथ्लेटिक्सलाई पनि प्रोत्साहन मिल्ने गरेको बताइन् ।

सबैको राम्रो तयारी भएकै कारण पदक जित्ने आशा बढेको उनको विश्वास छ । नतिजा जेसुकै आए पनि आफ्नो तयारी र प्रोसेसअनुरुप एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने सन्तोषीले विश्वास व्यक्त गरेकी छन् । जति बढे पनि परीक्षा आएपछि विद्यार्थीलाई तयारी नपुगेको महसुस भएजस्तै खेलाडीलाई पनि सदैव हुने गरेको उनी बताउँछिन् । खेलाडीहरूबाट पदकको आशा धेरै नराखी उनीहरूमा दबाब कम गराउन सन्तोषीले आग्रह गरिन् । दबाब कारण खेलाडीले आफ्नो स्वाभाविक खेल देखाउन नसक्ने सन्तोषीको भनाइ । यद्यपि सबै खेलाडीले आफ्नो उत्कृष्ट दिँदै पदक, कीर्तिमान र व्यक्तिगत प्रदर्शनमा सुधार गर्ने उनले विश्वास व्यक्त गरेकी छन् ।
उसुका खेलाडी विजय सिन्जालीले एसियन गेम्समा प्रतिस्पर्धा गर्न सबै खेलाडी तयार भए पनि यो पर्याप्त नभएको बताए । यद्यपि, उत्कृष्ट मिहेनत गरेर पदक जित्ने उनको विश्वास छ । पदक जित्ने लक्ष्य भए पनि अन्य देशको तुलनामा तयारी पर्याप्त नभएको महसुस खेलाडीले गरेको उसुका खेलाडी विजयले बताएका छन् ।

२०औं एसियाली खेलकुदको उद्घाटन असोज ३ गते नागोया शहरमा हुने तयारी छ । यसपल्ट गत संस्करण पदक दिलाएको नेपाली कराते र महिला कबड्डी दुवै सहभागिता हुँदैछन् । लामो समयदेखिको तयारी र पछिल्ला नतिजाका कारण यसपल्ट सुखद नतिजा आउने आशा छ । नेपालबाट आर्चरीमा १÷१ पुरुष÷महिला, एथलेटिक्समा ४ पुरुष र २ महिला, ब्याडमिन्टनमा २÷२ पुरुष÷महिला, बक्सिङमा ४ पुरुष र ३ महिला, क्यानोइ स्लालममा २ पुरुष, पुरुष क्रिकेट १५, साइक्लिङमा १–१ पुरुष÷महिला हुनेछन् । त्यस्तै गल्फमा ३ पुरुष र १ महिला, जुडोमा ३÷३ पुरुष÷महिला, कबड्डीमा १२–१२ पुरुष÷महिला, स्केटबोर्डमा २ पुरुष, सफ्ट टेनिसमा ३ पुरुष र १ महिला, स्क्वासमा १÷१ पुरुष÷महिला, पौडीमा ३ पुरुष र २ महिला, टेबलटेनिसमा ३÷३ पुरुष÷महिला, तेक्वान्दोमा २ पुरुष, टेनिसमा ३ पुरुष र २ महिला, महिला भलिबलमा १२, कुस्तीमा ४ पुरुष र २ महिला तथा उसुमा ७ पुरुष र तीन महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । डान्स एन्ड स्पोर्ट्सको विधा हटाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)