सोमवार, अशोज ५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन


  • माउन्टेन खबर
  • सोमवार, अशोज ५, २०८३
  • 34
    SHARES

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रिद्धीसिद्धी यातायातको बसमा भएको आगलागी घटनाको कारण र अवस्थाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । रानीपोखरीका एआईजी सुशील सिंह राठौरका अनुसार समितिलाई घटनाको अध्ययन गरी प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ ।

 

त्रिपुरेश्वरमा रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा चालक २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका थिए । काभ्रे घर भएका लामालाई प्रहरीले उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार लामाको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीले आगलागीको कारणसहित घटनाको समग्र अवस्थाबारे समितिले छानबिन गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)