मङ्लबार, बैशाख २५, २०८१

तब्लीक जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल कोरोना परीक्षण गराउन मुस्लिम संघ नेपालको आग्रह


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १०, २०७७
  • 395
    SHARES

मुस्लिम संघ नेपालले तब्लीक जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल ¥यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ ।

जमातीहरुले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहको सम्पर्कमा गएर परीक्षण गराउन संघले अपिल गरेको हो । संघका अध्यक्ष अब्दुल सतारले नेपालमा रहेका तब्लिक अगुवाहरुलाई जुन जिल्लामा भएपनि परीक्षण गराएर कोरोनामुक्त रहेको प्रमाणपत्र लिन आग्रह गर्नुभयो ।

अध्यक्ष सतारले तब्लिक जमातीहरु संक्रमण फैलाउने समूह नभएको कुरामा विश्वस्त हुन आग्रह गर्दै  जमाती समूह निःस्वार्थ हिसाबले प्रवचनमा हिड्ने र आफ्नो धर्मको प्रशिक्षण गराउने काममा मात्रै लाग्ने भएका कारण बजार हल्लाको पछि नलाग्न अनुरोध गर्नुभयो । विशुद्ध धार्मिक कार्यक्रम भएकाले जमातीहरुलाई छुनै नहुने, उनीहरुको बाटो हिड्नै नहुने भन्ने धारणा त्याग्न पनि उहाँले सबैमा आग्रह गर्नुभयो । कुनै पनि संक्रमण जाति र वर्ग विशेष भनेर नफैलिने उल्लेख गर्दै उहाँले नेपाल सरकारले घोषणा गरेको लक डाउनको पालना गर्दै सामाजिक दुरी कायम गर्न सबैमा आग्रह गर्नुभयो । अध्यक्ष सतारले रमदानमा सामूहिक नमाज पढ्ने र रोजा गर्ने प्रचलन रहँदै आएकोमा यो वर्ष एक ठाउँमा भेला भएर गर्नुभन्दा घरमा सामाजिक दुरी कायम गरेर पढ्न आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }