सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाविरुद्दको खोप उत्पादक सेरम इन्स्टिच्युटमा आगलागी


  • माउन्टेन खबर
  • बिहिबार, माघ ८, २०७७
  • 577
    SHARES

८ माघ पुणे । कोरोना भाइरस विरूद्धको खोप बनाइरहेको भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको भवनमा बिहीबार दिउँसो आगलागी भएको हो।

आगो निभाउन १० बढी दमकल र सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन्। आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

सेरमले भारतमा अक्सफोर्ड-अष्ट्राजेन्काले विकास गरेको कोरोनाविरूद्धको भ्याक्सिन उत्पादन गरिरहेको छ।

बिहीबार १० लाख डोज नेपाल आएको कोरोना भ्याक्सिन पनि सेरमले नै बनाएको हो। सेरम संसारकै ठूलो खोप उत्पादक कम्पनी हो।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)