सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा कोरोना संक्रमितको दर घट्दै


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २०, २०७७
  • 470
    SHARES

२० माघ, नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या अन्त्यन्त न्युन भएको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा छ महिना यताकै सबैभन्दा कम सङ्क्रमित भएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ सङ्क्रमितहरुको सङ्ख्या सन्तोषजनक तरिकाले न्युन हुँदै गएको जनाएको छ ।

यसअघि गत बर्षको सेप्टेम्बर १० मा एकैदिन सबैभन्दा धेरै ९५ हजार ७३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका थिए । भारतमा अहिलेसम्म एक करोड सात लाख ६७ हजार २०६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने एक लाख ५४ हजार ५२२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी एक लाख ६४ हजार २७८ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)