सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दक्षिण कोरियामा पुन: बढ्न थाले संक्रमितको संख्या


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन ३, २०७७
  • 518
    SHARES

३ फागुन, काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितहरु पछिल्लो समयमा बढ्न थालेका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको बताएका छन् । प्राप्त समाचारअनुसार गत २४ घण्टामा थप ३४४ जनामा कोरोना भेटिएको बताइएको समाचारमा जनाइएको छ । गएको २४ घन्टामा देखिएको यो संख्या केही दिनयताकै धेरै रहेको बताइएको छ ।

योसँगै यहाँका सङ्क्रमितहरुको संख्या ८३ हजार ८६९ जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तीमा एक सयजना जति सङ्क्रमित थपिएका पनि बताइएको छ । उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । दक्षिण कोरियामा अहिले नयाँ वर्ष मनाइएको छ । यही नयाँ वर्षको क्रममा दक्षिण कोरियाका धेरै व्यक्तिमा सङ्क्रमण भएको देखिएको छ ।

पछिल्लो २४ घन्टामा यहाँ पाँच व्यक्तिको मृत्यु भएको बताइएको छ । यो मृत्युपछि यहाँ कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ५२७ जना पुगेको बताइएको छ । शुरुमा यहाँका सङ्क्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको थियो । तर पछिल्ला महिनाहरुमा भने यहाँ स्वदेशमा पनि आन्तरिक रुपमा भाइरसका सङ्क्रमितहरु बढेका बताइएको छ ।

यहाँ निकै थोरै संख्यामा मात्र सङ्क्रमितहरु थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको पनि बताइएको थियो । तर प्राप्त समाचार अनुसार दक्षिण कोरियामा पछिल्ला केही महिनायता भने संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको हो । दक्षिण कोरियाको सरकारका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका नागरिकको भाइरसका कारण संक्रमितहरु मध्ये १.८२ प्रतिशतको ज्यान गएको बताएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)