मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पतंजलीले निकाल्यो कोरोनाको औषधी ‘कोरोनिल’


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन ७, २०७७
  • 673
    SHARES

७ फागुन, काठमाडौं । योगगुरु रामदेवले शुक्रबार कोरोनाको नयाँ औषधी सार्वजनिक गरेका छन् । पतञ्जलीले नयाँ औषधी प्रमाणमा आधारित भएको दाबी गरेको छ ।

नयाँ औषधी सार्वजनिक गर्नेबेला भारतका केन्द्रीय स्वास्थ्यमन्धी डा. हर्षवर्धन र केन्द्रीय मन्त्री नितिन गडकरीको उपस्थिती रह्यो । नयाँ औषधीको नाम कोरोनिल नै हो । पतञ्जलीका अनुसार कोरोनिल चक्कीले अब कोभिडको उपचार सम्भव छ ।

आयुष मन्त्रालयले कोरोनिल चक्कीलाई कोरोनाको औषधीको रुपमा स्विकार गरिसकेको छ । पतञ्जलीकमा अनुसार नयाँ कोरोनिल औषधी CoPP-WHO GMP सर्टिफाइड छ । औषधी सार्वजनिक गर्दै गर्दा बाबा रामदेवले योग आयुर्वेदलाई अनुसन्धानमा आधारित उपचारको रुपमा चिकित्सा पद्धतिको रुपमा अपनाइएको बताउनुभयो ।

कोरोनाको औषधी सार्वजनिक गरेपछि एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा रामदेवले भन्नुभयो, ‘मैले रोगलाई नियन्त्रण होइन समाप्त नै गर्न सकिन्छ भन्दा ममाथि पछिल्लो तीन दशकदेखि कति प्रश्न उठिरहेका छन् ? अब सबै सर्टिफिकेशनसहित हामीसँग २५० भन्दा बढी रिसर्च पेपर छन् । कोरोनामाथि मात्रै २५ रिसर्च पेपर छन् । अब कसैले पनि प्रश्न उठाउन सक्दैनन् । ’

यस्तै, आचार्य बालकृष्णले पनि यसै सञ्चार माध्यमसँग भन्नुभएको छ, ‘मानिसहरुले पहिले देखि नै कोरोनिलको प्रयोग गरिरहेका थिए तर अब डिजीसीएपछि हामीले डब्ल्यूएचओको अप्रुभल पाएका छौं । यो १५४ देशका लागि स्विकृति पाएका छौं । त्यसपछि हामी अब आधिकारिक रुपमा कोरोनिल निर्यात गर्न सक्छौं । हामीले वैज्ञानिक पद्धतिले कोरोनिलमाथि अनुसन्धान गरेका हौं । ’

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)