मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा कोरोना भाइरसको महामारी थप जोखिम


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन १८, २०७७
  • 504
    SHARES

१८ फागुन,काठमाडौं । अमेरिकामा कोरोना भाइरस महामारीको चौथो चरण थप जोखिमपूर्ण हुने उच्च स्वास्थ्य अधिकारीले चेतावनी दिएका छन्।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) की प्रमुख डा. रशेल वालेन्स्कीले अति तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट जोखिमपूर्ण हुने देखिएको बताउनुभयो।

पछिल्लो तथ्यांकले महामारीको सम्भावित चौथो चरणमा नयाँ भेरियन्ट थप चुनौतिपूर्ण बनेर आउने देखिएको उहाँले बताउनुभयो ।

गएको हप्ता दैनिक औषतमा ७० हाजर मानिसमा संक्रमण देखिएको र त्यो अति उच्च रहेको डा. वालेन्स्कीको भनाई छ। गत हप्ता औषतमा दैनिक दुई हजार अमेरिकीको कोरोनाका कारण ज्यान गएको थियो।

सिडिसीका निर्देशक डा. वालेन्स्कीले सोमबार भन्नुभएको छ, ‘संक्रमण यस्तो भइरहेको र तीव्र गतिमा फैलिने नयाँ भेरियन्ट फैलिरहेको अवस्थामा हामीले महामारी नियन्त्रणका लागि बनाएको आधार पनि डगमगाउने खतरा छ। यी भेरियन्टहरु सर्वसाधारण र हाम्रो प्रयासका लागि वास्तविक चुनौति हुन्।’

अहिले कोरोना भाइरसका विभिन्न भेरियन्टहरु सक्रिय रहेका छन्। तर स्वास्थ्य विज्ञ भने केही भेरियन्टलाई लिएर मात्रै चासो व्यक्त गरिरहेका छन्।

बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा देखिएका कोरोना भाइरसका नयाँ भेरियन्टहरु बढि संक्रामक र जोखिमपूर्ण देखिएका छन्।

बेलायतमा पहिलोपटक देखिएको कोरोना भाइरसको अति संक्रामक भेरियन्ट बी.१.१.७ ले यो महिना (अप्रिल) अमेरिकामा दबदबा कायम गर्ने पूर्वानुमान सिडिसीले गरेको छ।

कोरोना महामारीका कारण विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा अहिलेसम्म पाँच लाख १४ हजार तीन सय भन्दा धेरैको ज्यान गएको छ। अमेरिकीमा कुल संत्रमितको संख्या दुई करोड ८६ लाख ५९ हजार सात सय भन्दा धेरै पुगेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)