मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ब्राजिलमा मुख्य शहरका अस्पतालमा संक्रमितको चाप अत्याधिक


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन २६, २०७७
  • 916
    SHARES

२६ फागुन, काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या लगातार बढ्दो क्रममा रहेकाले ब्राजिलको ठूला शहरको स्वास्थ्य प्रणाली समस्यामा आएको एक प्रतिवेदनले देखाएको छ ।

रियो दी जेनेरियोका रहेको फिओक्रूज इन्स्टिच्यूडले गरेको अध्ययन अनुसार ठूला शहरका अस्पतालमा संक्रमितको संख्या अत्याधिक छ ।

ब्राजिलका २७ मध्ये २५ राज्यका राजधानीका अस्पतालमा सघन उपचार कक्षका ८० प्रतिशत बेडमा संक्रमित रहेको प्रतिवेदनमा उल्लेख छ ।
मंगलबार एकै दिन ब्राजिलमा कोभिड–१९ का कारण १९ सय ७२ जनाको ज्यान गएको छ ।

ब्राजिलमा अहिलेसम्म दुई लाख ६६ हजार भन्दा धेरैको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या एक करोड १० लाख भन्दा बढि संक्रमित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)