बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाँकेमा तीन कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १०, २०७८
  • 252
    SHARES

१० बैशाख, बाँके । बाँकेमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सल्यानका एक र बाँकेका दुई जना संक्रमितको मृत्यु भएको हो।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय मानबहादुर पुनको शुक्रबार बिहान मृत्यु भएको बताउनुभयो ।

साथै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत सल्यानको बनगाड ३ का ५६ वर्षीय वीरबहादुर नेपाली र बाँकेको जानकी १ की ७१ बर्षीया महिला सुमन पाठकको मृत्यु भएको वलीले बताउनुभयो ।

सल्यानका नेपाली र बाँकेकी पाठकको बिहीबार राति नै मृत्यु भएको वलीले बताउनुभयो ।

बाँकेमा बितेको २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो समय बाँकेमा तीव्र रुपमा कोरोना संक्रमन बढेपछि अस्पतालहरु बिरामीले भरिभराउ छन्। बिरामीले अक्सिजन र बेड पाउन मुस्किल परेको नेपालगन्ज भेरी अस्पतालका सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)