बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निःसहाय बिरामीलाई निःशुल्क उपचार गर्न खुल्यो ‘एकएक पाइला’ सामुदायिक अस्पताल


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ११, २०७८
  • 692
    SHARES

 काठमाडौं,११ बैशाख

निःसहाय बिरामीलाई निःशुल्क उपचार गर्न  थापाथलीमा‘एकएक पाइला’ सामुदायिक अस्पताल खुलेको छ । नेत्र रोग विशेषज्ञ डा सुमन शमशेर थापाको अगुवाइमा स्थापना भएको अस्पतालले भोलि आइतबारदेखि नेत्र परीक्षण एवं उपचार तथा अर्को सातादेखि अन्य स्वास्थ्य सेवा प्रवाह गर्ने भएको छ ।

छ वर्षअघिको भुँइचालोका बेला सीप, समर्पण, धन, मन, विशेषज्ञता र जाँगर भएका युवा डाक्टरहरूले ‘एकएक पाइला’ अभियानमार्फत गरीब, दुःखी, असहाय बिरामीलाई चाहिएका बेला निःशुल्क विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले सिन्धुपाल्चोकको चनौटेबाट प्रारम्भ गरेको स्वास्थ्य शिविर आज सामुदायिक अस्पताल सञ्चालनको अवस्थामा पुगेको हो ।

विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू सुधांशु केसी, विनिता अधिकारी, सविना भट्टराई, कुञ्जन आचार्य, सपना अमात्य, सृष्टि श्रेष्ठलगायत संलग्न टोलीले डा थापाको अध्यक्षतामा गठन गरेको सामुदायिक स्वास्थ्य केन्द्रअन्तर्गत उक्त अस्पताल सञ्चालन भएको हो ।

हरेक महीना पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल भेगका विभिन्न स्थानमा आँखा, नाक, कान, घाँटी, सामान्य चिकित्सा, छाला तथा यौनरोग, स्त्रीरोग, शल्यचिकित्सा, हाडजोर्नी, दन्त चिकित्सा,‘प्याथोलोजी’ सेवा प्रदान गर्ने लक्ष्यका साथ काम भइरहेको डा थापा बताउनुहुन्छ । उहाँका अनुसार यसअघि पनि एकएक पाइला प्रतिष्ठानमार्फत एक वर्षमा १२ वटा स्वास्थ्य शिविर सञ्चालन गरिएका थिए । मुगु, हुम्ला, जुम्ला, डोल्पा र जाजरकोटका जनसाधारण शिविरबाट लाभान्वित भएका थिए ।

विभिन्न समयमा सहयोगार्थ आयोजित साङ्गीतिक कार्यक्रमबाट सङ्कलित रकम उदारमना राट्रिय एवं अन्तरराष्ट्रिय दाता, प्रतिष्ठान र केन्द्रमा आबद्ध चिकित्सक तथा समाजसेवीको आर्थिक सहयोगमा अस्पताल सञ्चालन गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)