शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

४६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २७, २०७८
  • 844
    SHARES

काठमाडौं,२७ बैशाख

नेपालमा २०० भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित हुने जिल्लाको संख्या ४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २९ जिल्लामा ५०० भन्दा बढी र १७ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयको तथ्यांकका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा मोरङ, सुनसरी र झापा, धनुषा, पर्सा, महोत्तरी र बारा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ र नुवाकोटा, कास्की, गोरखा र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको दाङ, बाँके रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु र नवलपरासी पश्चिममा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

यस्तै, सुर्खेत, कैलाली, कञ्चनपुर र बैतडीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार २०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा रौतहट, सर्लाही, सिराहा र सप्तरी, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप, पर्वत, तनहुँ, म्याग्दी र स्याङजामा, लुम्बिनी प्रदेशको अर्घाखाँची र गुल्मीमा पनि २०० बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै दैलेख, डडेल्धुरा, डोटी र अछाममा पनि २०० भन्दा बढी सक्रिय संक्रमित छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)