बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा ठूलो दलको हैसियतमा एमालेकै सरकार

मुख्यमन्त्रीमा पून पृथ्वीसुब्बा गुरुङलाई सपथ ग्रहण गराउने तयारी


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २९, २०७८
  • 1.5K
    SHARES

पोखरा,२९ बैशाख

ठूलो दलको हैसियतमा एमालेकै सरकार बन्ने भएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङलाई सपथ ग्रहण गराउने तयारी छ । सपथग्रहणका लागि गुरुङ प्रदेश प्रमुखको कार्यालयमाा पुगिसकेका छन् । संविधानको धारा १६८ (३) अनुसार पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्री नियुक्त हुन लागेका हुन् ।

बुधवार अपरान्ह ४ बजेसम्मको समय भित्र कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको पत्र लिएर पोखरेल प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।

गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गरेका विपक्षी गठवन्धन नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसके पछि ठूलो दलको हैसियतमा एमालेकै सरकार बन्ने भएको हो।

यता जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा र सांसद खिमविक्रम शाहीले आफू तटस्थ रहेको भन्दै पत्र पेश गरेपछि गण्डकीमा राजनीतिले नयाँ मोड लिन पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)