शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा बतास फाउन्डेसन द्वारा कोरोना रोकथामको लागि स्वास्थ्य सामाग्री सहयोग


  • आशिष लामा
  • सोमवार, साउन ४, २०७८
  • 1.7K
    SHARES

रसुवा, ४ साउन

रसुवामा बतास फाउन्डेसनले कोरोना रोकथामको लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।ईस्लामिक रिलिफ क्यानडा र ईस्लामिक नेपालको आर्थिक सहयोगमा बतास फाउन्डेसनले जिल्लाको नौकुण्ड गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

बतास फाउन्डेसनको कन्ट्रि म्यानेजर निर्मल भण्डारीको अनुसार कोरोना दोस्रो लहरको प्रतिकार्य कार्यक्रम अन्तर्गत सामाग्री सहयोग गरेको बताए। नौकुण्ड गाउँपालिकाको अध्यक्ष नुर्बु साङबो घले लाई कोरोना रोकथामका लागि स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।

जिल्लाको नौकुण्ड गाउँपालिकालाई अक्सिजन सिलिन्डर ४५ थान,अक्सिजन कन्सन्ट्रेटर ३ थान,अक्सिमिटर ३० थान र थर्मल गन १२ थान गरि १२ लाख बराबरको सामाग्री प्रदान गरिएको बतास फाउन्डेसनको कन्ट्रि म्यानेजर निर्मल भण्डारीले बताए।

स्वास्थ्य सेवाको पहुँच बाट टाढा रहेको नागरिकहरुको उपचार र कोरोना रोकथामका लागि भबिष्यमा सुरक्षित रहन उक्त सामाग्री सहयोग गरिएको उनले बताए ।

नौकुण्ड गाउँ पालिकाको अध्यक्ष नुर्बु साङबो घले र बतास फाउन्डेसन तथा बतास अर्गनाइजेसनको अध्यक्ष आनन्दराज बतासको उपस्तिथिमा सम्झौतापत्रमा हस्ताक्षर गरि सामाग्री हस्तान्तरण भएको हो।

हामीले यस सामाग्रीलाई सहि तरिकाले सदुपयोग गरेर भविष्यमा आउन सक्ने महामरीहरुमा दुर्गम क्षेत्रको स्वास्थ्य सेवाको पहुँच बाट टाढा रहेको जनतालाई उपचारमा प्रयोगमा ल्याउने नौकुण्ड गाउँपालिकाको अध्यक्ष नुर्बु साङबो घले ले बताए।

गाउँपालिकामा सडक निर्माण,शैक्षिक सुधार,स्वास्थ्य सेवा बिस्तार तथा पर्यटन प्रवर्द्धनको कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राखी आगडी बढिरहेको समेत अध्यक्ष घलेले जानकारी दिए।

बतास फाउन्डेसनले रसुवामा विगत ६ बर्षदेखी पुननिर्माण,जिविकोपार्जन,शैक्षिक सुधार,सुरक्षा र राहत वितरणको कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)