शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तीजले विद्यमान लैङ्गिक विभेद अन्त्य गरोस् : प्रदेश प्रमुख कलौनी


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २४, २०७८
  • 495
    SHARES

कर्णाली, २४ भदौ
कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले हरितालिका ९तीज० पर्व २०७८ ले समाजमा विद्यमान लैङ्गिक विभेद अन्त्य गरोस् भन्ने कामना गर्नुभएको छ ।

नेपाली हिन्दु महिलाहरूको महान् पर्व ‘हरितालिका तीज २०७८’को अवसरमा सम्पूर्ण नेपाली महिला एवं प्रदेशवासी महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख कलौनीले सबै प्रकारका असमानताको अन्त्य गरी समतामूलक समाजको निर्माण गर्नतर्फ उत्प्रेरित हुनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले भन्नुभएको छ, “नेपाली महिलाले आफ्नो सौभाग्य, पारिवारिक सुख, सु–स्वास्थ्य र दीर्घायूको कामना गर्दै हरेक वर्ष भदौ शुक्लपक्ष तृतीयाका दिन उपवास ९व्रत० बसी एक सनातन सांस्कृतिक पर्वको रुपमा यसलाई हर्षोल्लासपूर्वक नाचगानका गरी मनाउने गरिन्छ, तीजलगायत सांस्कृतिक पर्वले सबै नेपालीको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याउने विश्वास गरेको छु ।”

तीज मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै मौलिकतालाई कायम राख्न तथा सांस्कृतिक महत्व जोगाउन आग्रह गर्दै प्रदेश प्रमुख कलौनीले कोरोना महामारीबाट आफू बच्न र अरुलाई बचाउन सरकारले लागू गरेका स्वास्थ्य सुरक्षासम्बन्धी नियमको पालना गरी तीज मनाउन सबैमा अपिल गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)