शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णालीमा प्रदेश सभा बैठक बोलाइयो, मुख्यमन्त्री शाहीले विश्वासको मत लिने


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर ३, २०७८
  • 332
    SHARES

३ मङ्सिर, काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिन प्रदेश सभा बैठकको आह्वान गरिएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले आगामी मङ्सिर १४ गते दिउँसो १ बजे बस्ने गरी विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाउनुभएको हो।

मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिईसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुरुप मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लाग्नुभएको छ। उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)