शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने खेलकुद महासंघको निस्कर्ष


  • माउन्टेन खबर
  • सोमवार, मंसिर ६, २०७८
  • 313
    SHARES

६ मङ्सिर, काठमाडौं । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निस्कर्ष निकालेको छ ।

काठमाडौंमा दुई दिने खेल नीति सम्मेलन गर्दै महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निस्कर्ष निकालेको हो । सम्मेलनमा महासंघका अध्यक्ष रमेश पौडेलले खेलको माध्यमबाट नेपाली खेलाडीहरुलाई गर्व गर्न सक्ने स्थिती सिर्जना गर्ने बताउनु भयो । पेट खालि राखेर खेलाडीहरुले खेल्न नसक्ने भन्दै उहाँले सम्मेलनले कुन खेलको विकास कसरी गर्ने, खेललाई कसरी औद्योगीकरण गर्ने, व्यवसायीकरण गर्ने र खेललाई कसरी पर्यटनको क्षेत्रसँग जोड्ने भन्ने कुरामा जोड दिएको बताउनु भयो । अध्यक्ष पौडेलले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्ने कुरा सम्मेलनमा छलफल भएको बताउनु भयो ।

अध्यक्ष पौडेलले भन्नुभयो, ‘नेपालका खेलाडीहरुलाई गर्व गर्न सक्ने स्थिती बनाउँछौँ, नेपाललाई खेलकुदको माध्यमद्वारा माथि उठाउन चाहन्छौँ, त्यसका लागि यो खेल नीति सम्मेलन, यो ऐनको बारेमा मात्रै छलफल गरिरहेका छैनौँ, सरकारले ऐन जारी गरेको छ, एक वर्ष पुगेको छ, ४ वर्षपछि फेरि पुनरावलकोन गरौँला, हामी सम्पूर्ण खेल खेल नीतिको कुरा गरिरहेका छौँ । कुन खेलमा कसरी विकास गर्न सकिन्छ, र खेललाई औद्योगिकरण कसरी गर्ने भन्ने बारेमा, व्यवसायीकरण कसरी गर्न सकिन्छ भनेर खेलकुदको माध्यमबाट नेपालको जिडिपीमा कसरी अध्ययन गर्न सकिन्छ भनेर हामी केन्द्रिकृत छौँ । खेलकुद विश्वविद्यालय तत्काल स्थापन गर्न पहल गरिरहेका छौँ ।’

अध्यक्ष पौडेलले नेपालको खेलकुदको स्तर बृद्धिमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)