शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘ए’ डिभिजन लिग अन्तर्गत पहिलो चरणका खेलहरु सम्पन्न


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर ७, २०७८
  • 455
    SHARES

७ मङ्सिर, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।

सोमबार मछिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेलसँगै पहिलो चरणको खेल सकिएका हुन् ।

पहिलो चरणका ७ खेल सकिदा चार टोलीले स्पष्ट जित निकाल्दै ३ अंक जोड्न सफल रहे । यस्तै ६ टोलीले एक अंक जोड्दा चार टोली भने पहिलो चरणमा अंक जोड्न सकेनन् ।

पहिलो चरण सकिँदा थ्री स्टार ३ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै ब्रिगेड ब्वाइज ३ अंकसहित दोस्रो स्थानमा रहेको छ भने मछिन्द्र समान ३ अंकसहित तेस्रो स्थानमा रहँदा उपाधि दाबेदार मनाङ मर्स्याङ्दी चौंथो स्थानमा रहेको छ ।

तालिकाको पाँचौं स्थानमा हिमालयन शेर्पा रहेको छ । समान १ अंक जोडेको त्रिभुवन आर्मी क्लब छैटौँ स्थानमा रहेको छ ।

यसैगरी तालिकाको सातौं स्थानमा नेपाल पुलिस रहँदा हिमालयन शेर्पासँग बराबरी खेल्दै अंक बाँडेको संकटा आठौं स्थानमा रहेको छ । यस्तै फ्रेन्ड्स नवौं, सातदोबाटो दशौं, एपीएफ एघारौंमा रहँदा एनआरटी, जावलाखेल र च्यासल क्रमश बाह्रौं, तेह्रौं र चौधौं स्थानमा रहेका छन् ।

मछिन्द्रका सुनिल बल र ब्रिगेड ब्वाइजका दिनेश राईले दुई/दुई गोल गरेका छन् । अब दोस्रो चरणको खेलहरु शुक्रबारबाट सुरु हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)