शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट

नेपालसंग भुटान ८ विकेटले पराजित


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर ७, २०७८
  • 879
    SHARES

काठमाडौं ,७ मङ्सिर

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले पहिलो जित हात पारेको छ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा मंगलबार भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको हो ।

भुटानले दिएको ६२ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा इन्दु बर्माले अविजित १८ रन जोडिन् भने सिता राना मगरले १७ तथा कप्तान रुबिना क्षेत्रीले १० रन जोड्दा कविता जोशी ८ रनमा अविजित रहिन् ।

भुटानकी टासी छेकीले एक विकेट लिईन् ।

यस अघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनाएको थियो ।

भुटानका लागि नगावाङ छोदेनले १३, सोनाम पाल्डोनले ११ तथा कप्तान एसेय छोदेनले ९ रन जोडिन् ।

नेपालका लागि सिता राना मगरले चार ओभर बलिङ गर्दै १० रन खर्चेर सर्वाधिक ३ विकेट लिइन् । यस्तै करुणा भण्डारीले एक विकेट लिइन् ।

यस जितसँगै नेपालले २ खेलमा २ अंक जोडेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)