शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आइसिसी महिला छनौट: नेपालद्वारा मलेसिया ६ विकेटले पराजित


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १०, २०७८
  • 258
    SHARES

१० मङ्सिर, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ । जितसँगै नेपाल शीर्ष स्थानमा उक्लेको छ ।

विश्वकप एसिया छनोटअन्तर्गत आज भएको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले नेपाललाई जीतका लागि ९३ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १८ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । जीतसँगै नेपालले आगमी वर्ष हुने टी–२० विश्वकप ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

नेपालको जीतमा सीता राना मगरले सर्वाधिक ३० रनको योगदान दिइन्। कप्तान रुविना क्षेत्रीले २०, सरिता राना मगरले १५, कविता कुँवरले १० तथा इन्दु बर्माले चार रन बनाइन्।

टस हारेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो । मलेसियाका लागि एल्सा हन्टरले अविजित ३९ रन बनाइन। मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रन बनाइन् ।

बलिङतर्फ नेपालकी सबनम राईले दुई तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले एक÷एक विकेट लिइन् । नेपाल चार खेलमा तीन जीत र एक हारका साथ ६ अङ्क जोड्दै शीर्ष स्थानमा पुगेको छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई ८ विकेटले पराजित गरेको थियो ।

त्यस्तै नेपालले तेस्रो खेलमा कुवेतलाई ९ विकेटले हराएको थियो । तीन खेल खेलेको युएई शत प्रतिशत नतिजाका साथ ६ अङ्क जोडेर दोस्रो स्थानमा छ । रनरेट बलियो भएका कारण नेपाल शीर्ष स्थानमा छ । नेपाल अन्तिम खेल आइतबार युएईसँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)