शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस कर्णालीको सभापतिमा तीन जनाको उम्मेदवारी


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १७, २०७८
  • 606
    SHARES

सुर्खेत ,१७ मङ्सिर

नेपाली कांग्रेसको कर्णाली प्रदेश कार्यसमितिको सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार ललितजङ्ग शाही (जुम्ला), भुपेन्द्रजङ्ग शाही (कालीकोट)र मोतिराज बम (कालीकोट) ले सभापति पदमा उम्मेदवारी दिनुभएको हो ।

ललितजङ्ग संविधानसभाका सदस्य, भुपेन्द्रजङ्ग तरुण दलको महामन्त्री र बम महासमिति सदस्य हुनुहुन्छ । निर्वाचन समितिका सदस्य अधिवक्ता विवशकुमार बस्नेतले सभापतिसहित १२८ जनाको विभिन्न पदमा उम्मेदवारी परेको जानकारी दिनुभयो । उपसभापति पदमा कालीबहादुर सहकारी, सनतकुमारी कार्की, देवेन्द्रबहादुर शाही, तिलकबहादुर भण्डारी, महामन्त्रीमा नीरञ्जन केसी, कृष्णकुमार रोकाया, कृष्णबहादुर वीसी, खगेन्द्रबहादुर मल्ल, गोविन्दबहादुर कोइरालाले उम्मेदवार दर्ता गर्नुभएको छ । सहमहामन्त्री पदमा पुरुषतर्फ उपेन्द्रबहादुर थापा, एकराज डांगी, नेत्रलाल पौडेल, जयनन्द उपाध्याय तथा महिलातर्फ रामछायाँकुमारी शाही र देविकाकुमारी साउद हुनुहुन्छ ।

कांग्रेसको विधानमा प्रदेश उपसभापति दुई, महामन्त्री दुई र महिला र पुरुषतर्फ एक÷एक सहमहामन्त्री हुने व्यवस्था छ । उक्त पदका लागि शनिबार  १२ बजेदेखि पाँच बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)