शनिबार, साउन २३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै


  • माउन्टेन खबर
  • मङ्लबार, पुस १३, २०७८
  • 302
    SHARES

१३ पुस, काठमाडौं । बङ्गलादेशमा जारी एभिसी एशियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत नेपालले आज उज्वेकिस्तानसँग उपाधीका लागि फाइनल खेल खेल्दैछ ।

नेपालले यसअघि लिग चरणमै उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरिसकेको हुनाले नेपाली टोली उच्च मनोबलका साथ फाइनलमा उत्रदैछ । महिलातर्फको खेलमा नेपाल शिर्ष स्थानमा रहदै फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा अविजित नेपाली महिला टोली अंकको आधारमा एक खेल बाँकी छँदै फाइनल पुगेको थियो ।

हिजो कीर्गिस्तानलाई पराजित गर्दै खेलेका सबै खेलमा स्पष्ट जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो । हिजोको खेलमा साविक विजेता नेपालले कीर्गिस्तानलाई ३–० को सेटमा पराजित गर्यो ।

नेपालले पहिलो सेट २५–८ ले सहजै आफ्नो पक्षमा पार्यो भने दोस्रो सेट २५–१४ तथा तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै जीत हासिल गर्न सफल भयो । अपराजित रहेको नेपालले लिग चरणमा श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गरेको थियो भने माल्दिभ्स, बङ्गलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो ।

नेपाली पुरुष टोलीले भने आज तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)