सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटन प्रर्वद्धनका लागि देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट आयोजना गरिने


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ७, २०७८
  • 630
    SHARES

काठमाडौं, ७ चैत।

पर्यटन प्रर्वद्धनका लागि नेपाल पर्यटन बोर्डले देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट शुरु गरेको बताएको छ ।

सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै पर्यटन बोर्डले आगामि चैत्र ११ देखि १३ गतेसम्म प्रदेश नम्बर १ को धरानमा इस्टर्न ट्रावल मार्ट आयोजना गर्ने बताएको हो । बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिनुभयो । नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गरिरहेको बताउनुभयो । बोर्डले सुदूरपश्चिम प्रदेशको धनगढीमा यही आगामी चैत्र २५, २६ र २७ गतेमा फारवेष्ट ट्राभल मार्ट २०२२ आयोजना गर्न लागिएको कार्यकारी प्रमुख रेग्मीले बताउनुभयो ।

नेपालगञ्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथबोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा नेपालगञ्जमायही २०७८ फाल्गुन २६, २७ र २८ गते वेष्टर्न ट्राभलमार्ट सम्पन्न गरेको बताएको छ । यसरी आयोजना हुने मार्टहरुमा सिमावर्ती भारतीय शहरका टुर अपरेटरहरुलाई खरिदकर्ताको रुपमा सहभागी गराई नेपालका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवाप्रदायकहरु बीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्रीप्रवद्र्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया गर्छनु भने टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुले आकर्षक स्टलहरुका साथ प्याकेजहरुको प्रवद्र्धन गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)